नियम १७
कर बिजक
(१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा कर अधिकृतले अन्यथा स्वीकृत गरेदेखि बाहेक प्रापकलाई अनुसूची–५ र ५क. बमोजिमको ढाँचामा कर विजक दिनु पर्नेछ ।त्यसरी कर बीजक जारी गर्दा कुनै बस्तुको किसिम, साइज, आयातित सामान भए भन्सार प्रज्ञापनपत्रमा उल्लेख भए बमोजिमको वस्तुको कम्तीमा सुरुको चार अङ्कको हार्मोनाइज्ड कोड, मोडल र ब्राण्ड भएमा सो खुलाउनु पर्नेछ ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १४ को उपदफा (५) बमोजिम वस्तु वा सेवाको बिक्री गर्दा अनुसूची–५ख मा उल्लिखित विवरण बमोजिमको कर बिजक जारी गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रापकलाई दिइने बिजकको मुख पृष्ठमा देखिने गरी प्रष्टसँग कर बिजक लेखिएको हुनु पर्नेछ । यस्तो कर बिजकको तीन प्रति तयार गरी त्यसको सक्कल प्रति प्रापकलाई दिने, दोस्रो प्रति कार्यालयले माग गरेका बखत पेश गर्ने गरी छुट्टै अभिलेख खडा गरी राख्ने र तेस्रो प्रति दर्ता भएको व्यक्तिले आप्mनो कारोबार प्रयोजनको निमित्त अभिलेख खडा गरी राख्ने व्यवस्था गर्नु पर्नेछ ।
(३) …………………
(४) …………………
(५) ………………..